मुलुकमा समृद्धी आउने बजेट आवश्यक – मुख्यमन्त्री पौडेल

हेटौंडा / प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघिय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टीकोणमा परिबर्तन हुनुपर्ने बताउनुभएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा आउँदो आर्थिक बर्षको पूर्ब बजेट छलफल छलफल कार्यक्रममा बोल्दै उहाँले नीतिगत स्पष्टता नभएका कारणले पनि धेरै क्षेत्रमा समस्या भएको बताउनुभयो ।बजेट छुट्याउनका लागि भन्दा पनि समृद्धीको यात्रा पुरा गर्नका लागि काम हुनुपर्ने बताउनुभयो । अहिले प्रदेश सरकारलाई अधिकार नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको मुख्यमन्त्री पौडेलले गुनासो गर्नुभयो । बजेटमा माथीबाट सुधार भएर आउनुपर्ने बताउनुभयो । कुन बिकाश निर्माणको काम कुन सरकारले गर्ने भन्ने कुरा छुटिनु पर्ने बताउनुभयो । प्रदेशमा अर्थ मन्त्रालयका सचिब नहुँदा काम गर्नका लागि समस्या भएको उहाँको भनाई छ ।
अब प्रदेश ३ सरकार योजना बैक बनाएर मात्र काम गर्ने तयारीमा रहेको बताउनुभयो । हरेकका योजना खल्तीबाट हाल्ने प्रथाको अन्त्य गर्नका लागि आफुहरु लागिपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । कार्यक्रममा संघिय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नंम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सँसदहरु मुनु सिग्देल, जुनेली श्रेष्ट, प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना लामा, हेटौंडा ४ का वडाअध्यक्ष नबिन सिग्देल लगायत सरोकारवालाहरुले आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो । उपमहानगरपालिका, नगरपालिका, छलफलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, बिभीन्न क्षेत्रका कर्मचारीहरु, उद्योगि, ब्याबसायीहरु लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।