भारतीय सचिब लेखेको कारमा गाँजा, हेटौंडामा बरामद

प्रहरीको सलाम खाँदै गाँजा भारत निकासी गर्ने तस्कर पक्राउ
जनपत्र
८ बैशाख २०७६, आईतवार १२:४८

हेटौंडा / मकवानपुरका बिकट गाउँमा उत्पादन भएको गाँजा भारत निकासी गर्दा तस्करले फरक शैलीको प्रयोग गर्न थालेका छन् । एक पछी अर्को फरक शैलि परिबर्तन गर्दै गाँजा निकासी गर्ने गरेको रहस्य आज हेटौंडामा खुलेको छ । पछील्लो समय भारतिय नम्बर प्लेटका साना गाडीमा प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर सबै शैलि फरक फरक रहेका छन् ।

गाँजा निकासी गर्ने शैलि परिबर्तन गर्ने गरेको तथ्य फेला मकवानपुर प्रहरीले फेला पारेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने क्रममा फरक शैलिले निकासी गर्न लागेको पाइएको छ । भारतिय नम्बरप्लेटको बिआर ३१ एम ५०५१ नम्बरको कारमा फल्स बटम बनाएर निकासी गर्ने क्रममा एक जना भारतिय नागरिक पनि पक्राउ परे । गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेट भन्दा माथी भारतिय सचिब लेखिएको थियो ।

सचिब लेखेपछी प्रहरीले सजिलै संग भारतिय भिआईपी भनेर बुझे पनि । केही प्रहरी चौकिमा गाँजा ओसारेका तस्करले भारतिय भिआईपी भनेर सलाम पनि ठोके । तर बुझ्दै जाँदा गाँजा ओसार्ने फरक शैलि परिबर्तन गरिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । फरक –फर।क तरिकाले गाँजा बोकेर निकासी गर्न लागिएको तथ्य थाहा पाएपछी भारतिय सचिब लेखिएको कार पनि प्रहरीको नियन्त्रणमा आयो । यस अघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकिनै पिच्छेका प्रहरीले सलाम ठोकेर गाँजा निकासी गरेहोलान भनेर अहिलेपो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीहरु बताउँछन् ।

गाँजा ओसार्ने शैलि परिबर्तन भएसंगै तस्करले फेरी अर्को शैलि अपनाउन सक्ने छन् । भारतिय नागरिक बिहार जिल्ला बैशाली ग्राम हसिकैवल वडा नंम्बर ५ बस्ने ३२ बर्षिय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा प्रहरीले बराममद गर्न सफल बन्यो । तिनताप्के स्थित सडक खण्डमा चेकजाँचको क्रममा मनहरी तर्फबाट हेटौडा तर्फ आउदै गरेको कारलाई रोकी चेकजाँच गर्दा कारमा चालक सिंह, गाडी र गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई राखेकोराखेको अवस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागु औषध गाँजा फेला पारेको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

आठ केजी गाँजा सहित एक जना पक्राउ

हेटौंडा १५ रातोमोटेबाट प्रहरीले आठ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ५ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका बारा प्रशौनी गाउँपालिका ५ बस्ने २२ बर्षिय पप्पु राय भरबाट आठ केजी गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनको झोला खान तलासी गर्दा उक्त झोला भित्र चारपाटे २ वटा पोकामालागू औषध गाँजा ८ केजि फेला पारेको प्रहरीले जनाएको छ ।

माईक्रोबसमा लागूऔषध

हेटौंडा १५ रातोमाटेबाट प्रहरीले बिभीन्न प्रकारका लागूऔषध सहित एक जनालाई पक्राउ गरेकोे छ । बिरगंज तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना १ज१७३९ नम्बरको यात्रुवाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा सोही माईक्रोमा सवार भई आएका हेटौंडा ८ कमाने बस्ने बर्ष २६ को रुपक राईलाई पक्राउ गरिएको हो । उनको शरीर खान तलासी गर्दा निजको साथबाट लागू औषध नाईट्रोभेट १० लेखेको ४ पत्तामा ६० ट्याबलेट फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*