कार्यसमितिकाे बैठकमा विराेध हुँदाहुँदै किरण राणालाई खेलाडी छनाैट समिती सदस्यमा नियुक्त

जनपत्र
४ बैशाख २०७८, शनिबार ०६:३२

नेपाल क्रिकेट संघ क्यानले संघले पूर्व सदस्य किरण राणालाई संघमा नयाँ जिम्मेवारी दिएको छ । क्यान निलम्बनमा पर्नु अगाडी कार्यसमितीको सदस्य रहेका राणामाथि जापानमा खेलाडी भगाउन सहयोग गरेको आरोप लागेको थियो । यसका साथै २०७५ र ७६ को अडिट रिपोर्टमा उनको नाममा बेरुजु रकमपनि बाँकी देखिएको थियो भने २०७७–७८ को अडिटमा उल्टो क्यानबाट रकम लिनुपर्ने देखाइएको छ ।

तर बुझिए अनुसार राणाले २०७५–७६ को अडिटका बेला पेश्की फच्र्योट गर्नका लागि बिल बुझाएका थिए । जबकी उनको पेश्की बर्षोदेखिको रहेको थियो र परिषद्को नियम अनुसार एक बर्षभन्दा बढि कुनैपनि ब्यक्तिको पेश्की बाँकी देखिएमा १० प्रतिशत जरिवानासहित तिर्नुपर्ने हुन्छ । तर अहिले बर्षो देखिको रकम कसरी क्यानले फच्र्योट गर्यो भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

तर पछिल्लो पटक क्यानले राणालाई शनिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा छनौट समितीको सदस्यको जिम्मेवारी दिइएको छ ।क्यानका सचिवको हस्ताक्षर रहेको पत्रमा राणालाई छनौट समितीको संयोजक उत्तम कर्माचार्यसँग आवश्यक समन्वय गरेर सहयोग गर्नका लागि सदस्यको जिम्मेवारी दिइएको भनेर पत्र काटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*