शाहरुख खानको ब्याटिङले १०० रन कटाएको पञ्जाबको नमिठो हार

इन्डियन प्रिमियर लिग ‘आइपिएल’ मा चेन्नई सुपर किंग्सले सहज सजत निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नईले पञ्चाब किंग्समाथि ६ विकेटको जित हात पारेको हो ।
योसँगै चेन्नईले यस सिजनको पहिलो जित दर्ता गरेको छ । मुम्बईमा भएको खेलमा चेन्नईले टस जितेर बलिङ रोज्दै पञ्जाबलाई पहिले ब्याटिङमा पठाएको थियो । आक्रामक ब्याट्सम्यानले भरिएको पञ्चाब यस खेलमा ब्याटिङमा निकै निरीह देखियो । पञ्जाबका ब्याट्सम्यानले २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १०६ रन बनाउन सके । १०७ रनको झिनो लक्ष्य चेन्नईले १५।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईका बलरले सुरुमै लगातार विकेट लिएर दवाव दिएपछि पञ्जाबका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । पहिलो ओभरमै १ रन जोड्दा ओपनर मायंक अग्रवाल शुन्य रनमा आउट भएपछि पञ्जाबको विकेट पनत सुरु भएको थियो । त्यसपछि तेस्रो ओभरमा १५ रन हुँदा लोकेश राहुल, ५ औँ नम्बरमा १९ रन हुँदा गेल, लगतै निकोलस पुरन आउट भए । यतिले मात्रै पञ्जाबको विकेट पतन रोकिएन , फेरि ७औँ ओभरमा २६ रनको अवस्थामा दीपक होडा पनि आउछ भए । आइपिएलमा यसै खेलबाट डेब्यु गरेका शाहरुख खानले ३६ बलमा ४७ रन जोड्दा पञ्चाबले १०० रनको आँकडा पार गर्न सकेको हो ।
चेन्नईका लागि दीपक चहर एक्लैले ४ विकेट लिए । चेन्नईको सहज जितका लागि ओपनिङमा आएका फा डुप्लेसिसले ३२ बलमा ३६ रन बनाउँदा मोइन अलीले ३१ बलमा ४६ रन जोडे । पञ्जाबका मोहमद सामीले अन्तिममा लगातार चेन्नईको विकेट लिएपनि त्यो निकै ढिला भइसकेको थियो । पहिलो खेलमा दिल्लीसँग हार व्यहोरेको चेन्नई जितपछि दोस्रो स्थानमा उक्लिएको छ ।