आमा बन्दै ऋचा शर्मा

जनपत्र
३ बैशाख २०७८, शुक्रबार ०६:२०

अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छन् । यो खबर उनले नयाँ बर्षको दिन बिहान शोसल मीडियामार्फत सार्वजनिक गरेकी हुन् । बगैंचामा पति दिपेक्ष विक्रम राणासँगै सजीवनको विरुवालाई पानी हालीरहेको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको खुलासा गरेकी हुन् । उनले लेखेकी छन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ ।’

‘आज तपाईंहरु माँझ यो ख़ुशी बाँडन पाउदा सम्पूर्ण महसुश भईरहेको छ । एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो । त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठुली भई।’ ऋचा र दिपेक्षले गतबर्ष मंसिरमा बिहे गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*