डेढ दशक पछि पुनः ‘हामी तीन भाई’ बन्दै

जनपत्र
३ बैशाख २०७८, शुक्रबार ०६:१७

डेढ दशक अघिको सुपरहिट फिल्म ‘हामी तीन भाईुको नाममा पुनः फिल्म बन्ने भएको छ । नयाँ फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । पहिलेको फिल्ममा भने स्व। शिव रेग्मीको निर्देशन रहेको थियो ।

हाललाई अनौपचारिक रुपमा घोषणा गरिएको यो फिल्ममा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं, सदिक्षा पाण्डे, नरेन्द्र केसी लगायतको अभिनय रहने बताईएको छ । प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई साजित महत ले निर्माण गर्ने भएका हुन् । द्वन्द्व हिमाल केसी, छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर, लेखन मनिष गौतम र रिवाज दाहालको रहनेछ । पारिवारिक तथा प्रेम कथामा बन्ने बताईएको यो फिल्मका कार्यकारी निर्माता बिक्रम तामाङ्ग हुन् ।

सन् २००४ मा रिलीज भएको ुहामी तीन भाईुमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा, नन्दिता केसी लगायतको अभिनय रहेको थियो । मन्दिरमा जुत्ता चोरेर तिनीहरूलाई बेच्दै र भीख माग्दै आफ्नो जीवन चलाईरहेको युवकले दुई अनाथ बालकहरू भेटेपछि आफ्ना भाइहरूको रूपमा ग्रहण गरेको कथा पुरानो फिल्ममा थियो भने नयाँ फिल्मको कथा खुलाईएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*