दुईतिहाईको कम्युनिस्ट सरकार ईतिहाँसकै सबैभन्दा भ्रष्टः नेता गुरुङ्ग

जनपत्र
७ बैशाख २०७६, शनिबार १५:४६

हेटौंडा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता धनराज गुरुङले अहिलेको दुईतिहाईको कम्युनिष्ट सरकार ईतिहासकै सबैभन्दा भ्रष्ट रहेको बताउनुभएको छ । काँग्रेस ४ नम्बर क्षेत्रीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अहिलेको कम्युनिस्ट सरकार लाउडा, बुढी गण्डकी, फोरजीलगायतका काण्डमा अरबौ रकम भ्रष्टाचारमा मुछिएको बताउनुभयो । दुईतिहाईको सरकार जनताको रगत पसिना चुसेर पनि अझै हत्याहिंसा, महंगी र चरम भ्रष्टाचारमा मुछिरहेकोले ५ वर्षसम्म पनि टिक्न मुस्किल रहेको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको कम्युनिष्ट सरकारले गरेको चरम भ्रष्टाचार, महंगीलगायतका विषयहरु जनताले जान्न पाउने अधिकार भएकाले कांग्रेस अब देशैभरी जागरण अभियान लिएर गाउँ/गाउँ जाने बताउनुभयो । विशिष्ट अतिथि बानियाँले कम्युनिष्ट सरकार विमान खरिददेखि नुन खरिदसम्म र सरकारी जग्गा हडप्नेदेखि जनप्रतिनिधिहरु जनताले खाने पानीको पाईप खरिदसम्ममा भ्रष्टाचारमा लिप्तहरु बिरुद्ध गाउँ जागरण अभियान मार्फत भण्डाफोरमा उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखरवक्ता धनराज गुरुङको प्रमुख अातिथ्यतामा ४ नम्बर क्षेत्रीय सम्मेलन भएको हो ! कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरि ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियोे । कार्यक्रममा अतिथिहरु कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ्ग, जिल्ला सल्लाहकार उमा दाहाल, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, नेविसंघ मकवानुर अध्यक्ष राजु खतिवडा, नवप्रवेशीद्वय राजेन्द्र कालाखेती, सुमन प्रजाले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*