अख्तियारको हेटौंडा कार्यालय द्वारा १३ वटा स्टिङ अपरेशन, घुस रकम लिदै गर्दा १९ जना पक्राउ

जनपत्र
७ बैशाख २०७६, शनिबार ११:३७

हेटौंडा / अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अबधिमा घुस रकम लिदा लिदै गरेको अबस्थामा १९ जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ । चालु आर्थिक बर्षको साउन महिना देखि बितेको फागुन महिना सम्ममा अख्तियारको हेटौंडा कार्यालयले स्टिङ अपरेशन गरेर १९ जनालाई पक्राउ गरेको हो । अख्तियारको हेटौंडा कार्यालय अन्तरगतका बिभीन्न जिल्लामा सेवाग्राहीहरुको काम मिलाईदिने बाहानामा घुस मागेपछी अख्तियारले रकम फोटोकपी गरेर घुस रकम बुझाउने क्रममा रंगेहात पक्राउ गर्न सफल भएको हो ।

कुनैपनि सरकारी कर्मचारीले सेवाग्रही संग घुस रकम मागेको भन्ने सूचनाको आधारमा घुस रकम लिदा लिदै गरेको अबस्थामा १९ जनालाई पक्राउ गर्न सफल भएको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी देबकुमार राईले बताउनुभयो । अख्तियारले पक्राउ गरेकाहरुमा कार्यालय सहयोगी देखि, खरिदार, नायब सुब्बा, अधिकृत, सई, नापी अधिकृत डिभिजन वन अधिकृत लगायतका रहेका छन् । सबैभन्दा बडी बारा, पर्षा जिल्लाबाट घुस रकम लिदा लिदै गरेको अबस्थामा पक्राउ गरिएको राईले जानकारी दिनुभयो । घुस रकम लिदै गरेको अबस्थामा पर्षा, बारा, मकवानपुर, रौतहट, भैरहवा, चितवन जिल्लाबाट १९ जनालाई १३ वटा स्टिङ अपरेशनबाट पक्राउ गरिएको अख्यिारको हेटौंडा कार्यालयले जनाएको छ ।


अख्तियारको कार्यालयले १५ सय रुपैयाँ देखि २४ लाख २२ हजार रुपैयाँ घुस रकम लिदा लिदै गरेको अबस्थामा पक्राउ गरेको हो । बिभीन्न जिल्लामा फरक–फरक स्थानमा काम गरिदिने बहानामा सेवाग्राहीलाई समस्यामा पारेर घुस रकम लिन लाग्दा पक्राउ गरिएको हो । घुस रकम दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ । अख्तियारको हेटौंडा कार्यालयले प्रदेश २ को बारा र पर्षा जिल्ला र प्रदेश ३ को काठमाण्डौ उपत्यका भन्दा बाहेकका नौ जिल्ला हेर्दै आउको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*