कांग्रेस गढी गाउँपालिका ३ को पार्टी कार्यालय उद्घाटन

जनपत्र
७ बैशाख २०७६, शनिबार १०:३२

हेटौंडा, ७ बैशाख/ नेपाली कांग्रेस गढी गाउँपालिका ३ को शनिबार कार्यालय उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कांग्रेस गढी ३ का वडा संयोजक विजय लामाको सभाध्यक्षता र कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय उद्घाटन तथा नयाँवर्षको शुभकामना आदानप्रदान गरिएको हो । वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बानियाँले नयाँ वर्षको शुभकामना दिंदै कांग्रेस अब जागरण अभियानमा लागेकाले वडा वडामा गएर गाउँ जागरण अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापको बारेमा अामजनतामा जानकारी दिंदै खबरदारी गर्न आग्रह गर्नुभयो । कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १ नम्बर क्षेत्रीय सचिव सुवात सिं थिङ्ग, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङ्तानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*