आमा बन्दै प्रियंका !

जनपत्र
२१ चैत्र २०७७, शनिबार ०६:३०

अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन् । यो कुरा उनले सामाजिक सञ्जालमार्फत सावर्जनिक गरेकी हुन् । उनले इन्स्टाग्राम र फेसबुकमा ‘बेबी बम्पु देखाउँदै श्रीमान्अरभिनेता आयुष्मान देसराज जोशीसँगको फोटो सार्वजनिक गरेकी हुन् । फोटोसँगै उनले लेखेकी छिन्, “तपाईंहरुले अब मलाई प्रश्न गर्न बन्द गर्न सक्नुहुनेछ । हो, हामी प्रेग्नेन्ट छौँ ।” प्रियकाले सेयर गरेको श्यामश्वेत तस्बिरमा उनी र आयुष्मान निकै खुसी देखिएका छन् ।

यसका साथै प्रियंकाले अरु दुईवटा फोटो पनि सेयर गरेकी छिन् । जसमध्ये एउटा फोटोमा उनी र आयुष्मानले एकार्कासँग हात समाउँदै सानो बच्चाको जुत्ता समाइरहेका छन् । अर्कोमा आयुष्मानले प्रियंकाको बेबी बम्पमा चुम्बन गरिरहेका छन् । प्रियंका र आयुष्मानले लामो प्रेमसम्बन्धपछि गत वर्षको फागुनमा लगनगाँठो कसेका हुन् । विवाहपश्चात उनीहरु भैँसेपाटीस्थित नयाँ घरमा बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*