हेटौंडाको वस्तिपुरमा भलिवल प्रतियोगिता सुरु

जनपत्र
१९ चैत्र २०७७, बिहीबार १८:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तिपु्रमा आज देखि जिल्ला स्तरिय महिला भलिवल प्रतियोगिता तथा टोल विकास स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । वस्तिपुरमा सुरु भएको भलिवल प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा दुबै प्रतियोगिता आजबाट सुरु भएको हो । खेलकुदमा पूर्वाधार निर्माण र खेलकुद प्रतियोगितालाई संगसंगै लगिएको महतले वताउनुभयो ।

हेटौंडामा हरेक क्षेत्रका खेलाडी उत्पादनका लागि काम सुरु गरिएको उहाँले वताउनुभयो । पुरुष संगै अब खेल क्षेत्रमा महिलालाई पनि अगाडी ल्याउने उहाँले वताउनुभयो । हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगायतकाको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*