फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

जनपत्र
१६ चैत्र २०७७, सोमबार ०६:१४

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै समूह ुडीु को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । अंक विहीन काजकिस्तान पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*