नेपालमा हुने थ्री नेशन्स टी-२० क्रिकेटका लागि डच टिमकाे घाेषणा, दाेस्राे रोजाईका खेलाडी प्राथमिकतामा

जनपत्र
१५ चैत्र २०७७, आईतवार ०६:१९

नेदरल्याण्ड्स क्रिकेट संघले आगामी वैशाखमा नेपालमा हुने त्रिदेशीय श्रृखंलाका लागि टोलीको घोषणा गरेको छ । सो टिममा अधिकांश खेलाडी ए टिमका रहेका छन । नेदरल्याण्ड्स क्रिकेट टोलीका प्रशिक्षक र्यान क्याम्पवेलले युवालाई विशेष प्राथमिकतामा राखेर टोली चयन गरिएको बताए । टोलीका दुई जना सदस्य १९ वर्ष मुनिको क्रिकेटका खेलाडी हुन् । काउन्टी क्रिकेट खेल्ने सम्झौता गरेका खेलाडी भ्रमणमा सहभागी नहुने भएकोले पनि युवालाई टोलीमा प्राथमिकता दिएको हो ।

१७ वर्षीय अलराउन्डर आर्यन दत्त १९ वर्ष मुनिको क्रिकेट टोलीका सदस्य हुन् । टोलीमा १८ वर्षीय बिक्रमाजित सिंह अर्का कान्छो खेलाडी हुन् । बास डे लीड र फिलिप बोस्सैभैन टोलीमा अटाएका छन् । काउन्टी क्रिकेटमा सहभागी हुने खेलाडी भ्रमणमा सहभागी नहुने भएकोले भिभियन किंग्मा र सेबस्टियन ब्राटले समेत स्थान पाएका छन् ।

टोलीमा केही चर्चित अनुहार समेत समेटिएका छन् । टोलीको नेतृत्व नियमित कप्तान पिटर सिलरले नै गर्नेछन् । त्यसैगरी, अनुभवी खेलाडी बेन कूपर, म्याक्स ओ डाउड र पौल भान मीकेरेन नेपाल भ्रमण गर्ने टोलीमा सहभागी छन् । नेपालले घरेलु मैदानमा वैशाख ४ गतेदेखि ११ गतेसम्म मलेसिया र नेदरल्याण्ड्सलाई टी–२० श्रृखंलाका लागि आयोजना गर्दैछ । श्रृखंलाको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*