हेटौंडामा भिटामिन ए र जुकाको औषधि खुवाईदै

जनपत्र
६ बैशाख २०७६, शुक्रबार ११:५०

हेटौंडा / हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडाका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै छ । हेटौंडा ४ कबर्डहलमा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बालबालिकालाई भिटामिन ए र जुवाको औषधि खुवाएर अभियानको आज बिहान उध्घाटन् गर्नुभयो । आज र भोली ६ महिना भन्दा माथी पाँ बर्ष सम्मका हेटौंडाका १४ हजार २ सय जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने भएको हो ।

बालमृत्युदर घटाउनका लागि यो अभियानलाई जारी राखिएको मेयर महतले बताउनुभयो । सानै उमेरमा बिभीन्न खालका संक्रमणबाट बालबालिकामा बिभीन्न रोगको संक्रमण फैलने भएकाले बेलैमा जोगाउनका लागि अभियानमा सहभागि गराउनु परेको मेयर महतले बताउनुभयो । ६–६ महिनामा खुवाईने भिटामिन ए र जुकाको औषधि देशैभरी र मकवानपुरमा पनि दशवटै स्थानीय तहमा खुवाईदै छ । आज र भोली यो अभियान जारी रहने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । हेटौंडामा मात्र यो अभियानमा ९३ जना महलिा स्वास्थ्य स्वयंसेबिका र आमा समुहहरु खटिएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*