भारतविरुद्ध इङ्ल्यान्डको जित

जनपत्र
१४ चैत्र २०७७, शनिबार ०६:३९

घरेलु टोली भारतविरुद्धको एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इङ्ल्यान्डले ६ विकेटले जित निकालेको हो । भारतले दिएको ३३७ रनको लक्ष्य इङ्ल्यान्डले ४३ ओभर ३ बलमा ३३७ रन पूरा गर्यो । इङ्ल्यान्डका लागि जोनी बेरिष्टोले शतकीय पारी खेले । ११२ बल खेलेका उनले ११ चौका र ७ छक्काको सहयोगमा १२४ रन बनाए ।

९९ रनको अर्धशतकीय पारी खेलेका वेन स्टोकले ४ चौका र १० छक्काको सहयोगमा ९९ रन बनाएका हुन् । त्यस्तै डेविड मलानले १६ रन बनाउँदा लिमानले २७ रन बनाए । बलिङतर्फ भारतका लागि प्रशिद्ध कृष्णले दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको हो । भारतका लागि केएल राहुलले १०८ रनको अर्धशतकीय पारी खेले ।

११५ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा १०८ रन बनाएका हुन् । त्यस्तै रिशव पन्त र विराट कोहलीले अर्धशतकीय पारी खेले । ४० बल खेलेका रिशवले ३ चौका र ७ छक्काको सहयोगमा ७७ रन बनाए । त्यस्तै ७९ बल खेलेका विराटले ३ चौका र १ छक्काको सहयोगमा ६६ रन बनए । यो जितसँगै इङ्ल्यान्डले सिरिज १–१ को बराबरी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*