शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सामाजिक बराबरीमा रोकिए

जनपत्र
१४ चैत्र २०७७, शनिबार ०६:३७

शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा र प्लानिङ ब्वाइज युनाईटेड गोलरहित बराबरीमा रोकिएका छन्। बराबरीसँगै सात अंक जोडेको सामाजिक तेस्रो स्थानमा छ। सामाजिक दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको थियो।

लिगको तेह्रौं स्थानमा रहेको प्लानिङको यो दोस्रो बराबरी हो। दुई खेलमा पराजित प्लानिङको दुई अंक रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*