यी कारणले जसले छुटाएको थियो सलमान–ऐश्वर्याको प्रेम

जनपत्र
८ चैत्र २०७७, आईतवार ०६:५८

बलिउडका केही चर्चित र विवादित लभ स्टोरीमध्ये एक हो, ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम जीवन । उनीहरुको जति समय सम्बन्ध रह्यो, त्यो अहिले पनि बेलाबेलामा गसिपको विषय बन्छ । तर, यी दुवैको सम्बन्ध खासै लामो समय लाग्न सकेन । यसमा पाँच कारण रहेको बलिउडका अन्य सेलेब्रिटी बताउँछन् ।

पहिलो त यसमा सलमान अलिक बढी पोजेसिभ भएको मानिएको छ । उनले बारम्बार ऐश्वर्यामाथि हैकम जमाउन खोज्ने गरेको आरोप सुनिन्छ । अनि यही कारण यी दुईको ब्रेकअप भएको थियो । अनि सलमान अलिक बढी कन्ट्रोल फ्रिक भएकाले पनि यो सम्बन्ध लामो समय नचलेको मान्नेहरु नभएका होइनन् । यतिमात्र होइन, केही अन्तर्वार्ताहरुमा ऐश्वर्याले सलमानले आफूलाई सम्मान नगरेको आरोप पनि लगाउने गरेकी थिइन् । यही कारणले यी दुईको सम्बन्ध लामो समय रहन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*