‘ए साथी सुन’ छायांकनका लागि वर्षा हेटौंडामा

जनपत्र
५ चैत्र २०७७, बिहीबार ०७:१३

अभिनेत्री वर्षा शिवाकोटी नयाँ चलचित्रको छायांकनका लागि हेटौंडा आईपुगेकी छन् । उनी मंगलबारबाट सुरु भएको चलचित्र ‘ए साथी सुन’का लागि हेटौंडा आईपुगेकी हुन् ।

चलचित्रको औपचारिक घोषणाका क्रममा यो चलचित्रको नाम ‘कालिपुरुष’ राखिएको थियो । छायांकन सुरु भएपछि नाम परिवर्तन गरिएको चलचित्रमा काम सुरु हुँदा आफू निक्कै उत्साहित भएको वर्षाले बताएकी छन् । वर्षाले आफ्नो फेसबुकमा तस्बिर राख्दै चलचित्र फ्लोरमा गएको जानकारी दिएकी हुन् ।

चलचित्र राघव आचार्यले निर्देशन गर्नेछन् । वर्षाले कलाकार रमेश बाँनियासंग जोडी बाँध्ने छिन् । रमेश यही चलचित्र मार्फत् रंगीन दुनियाँमा डेब्यु गर्दैछन् । सस्पेन्स थ्रिलर कथामा बन्ने यो चलचित्रको छायांकन हेटौंडापछि धरानमा हुनेछ । चलचित्रमा विना कार्कीले लगानी गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*