शहिद स्मृति गोल्डकप: लिग विजेतालाई हराउँदै मकवानपुर–११ फाइनलमा

जनपत्र
४ चैत्र २०७७, बुधबार २०:०९

हेटौंडा – साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११  हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताका पहिलो सेमिफाइनल खेलमा एडिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई हराउँर्दै मकवानपुर–११ ले सेमिफाइनलमा स्थान बनाएको हो ।

हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान (फरेष्टी)को खेलमैदान भएको खेलमा मछिन्द्रलाई आयोजक टोली मकवानपुर–११ ले ४–३ गोलले हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

मकवानपुर–११ लाई जित दिलाउनको लागि अमिर श्रेष्ठले दुई, रुपेश केसी र रन्जन बिष्टले एक–एक गोल गरेका थिए भने मछिन्द्रका सुजन उपरकोटी, अशोक थापा र राजेश परियारले गरेका थिए ।

खेल शुरु भएको १० औँ मिनेटमा राजु उपरकोटीको गोलबाट मछिन्द्रले अग्रता लिए थियो । तर, त्यो अग्रता धेरै बेर टिक्न पाएन । खेलको २० औँ मिनेटमा मकवानपुर–११ का रुपेश केसी गोल गर्दै बराबरीमा ल्याए ।

खेलको ३५ औँ मिनेटमा मकवानपुर–११ का रन्जन बिष्टले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको मकवानपुर–११ ले दोस्रो हाफमा २ गोल गर्दा मछिन्द्रले पनि दुई गोल गरेको थियो ।

निकै रोमान्चक बनेको दोस्रो हाफमा मकवानपुर–११ का अमिर श्रेष्ठले खेलको ४७ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर परे । खेलको ५० औँ मिनेटमा मछिन्द्रका अशोक थापा गोल गर्दै ३–२ को स्थितिमा ल्याए ।

त्यस्तै खेलको ६४ औँ मिनेटमा राजेश परियारले गोल गर्दै मछिन्द्रलाई बराबरीमा फर्काएका थिए । तर, त्यो बराबरी धेरै बेरसम्म टिक्न सकेन । मकवानपुर–११ का अमिर श्रेष्ठले खेलको ६९ औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोली ४–३ को जित दिलाए ।

उत्कृष्ट खेल प्रर्दशन गरेका मकवानपुर–११ का अमिर श्रेष्ठ म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।  प्रहरखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*