कृषकको हितमा मित्र सेवा कृषि फर्म खुल्यो, बिचौलियाको अन्त्य गर्ने लक्ष्य

हेटौंडा /तरकारीमा बषौदेखि हुँदे आएको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि स्थापित मित्रसेवा कृषी फर्मको उद््घाटन भएको छ । बिचौलियाहरुको मारमा परेको किसानहरुका लागि किसानले खेतीका लागि अवश्यक सामाग्री उचित मूल्यमा खरिद र किसानले उत्पादन गरेको कृषि उपजहरुलाई उचित मूल्यमा बिक्रि सजिलो बनाउनु फर्मको स्थापना गरिएको फर्मका प्रबन्धक हरिशरण जिम्बाले जानकारी दिनु भएको छ ।
जिम्बाका अनुसार मित्रसेवा बिशेषगरि आफ्नो कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको र किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम र अधिकतम मुल्य तोकर आफुहरुले किसानले उत्पादन गरेका कृषि उपजहरु लिने गरी सम्झौता गरिने जानकारी दिनुभएको छ । किसानलाई आय आर्जनमा लाग्न प्रेरित गरी आय स्तर बृद्धि गर्ने उदेश्यले यो काम थालनी गरिएको बताउँदै उहाँले किसानहरुको सहजताका लागि कृषि पाठशाला गठन गरिने, तालिम प्राप्त कृषि प्राविधिकहरुको टोलीले निरन्तर अनुगमन गर्ने तथा किसानलाई तालिम उपलब्ध गराइने जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका १ चकरीमा मनहरी गाउँपालिका १ का अध्यक्ष शिव प्रसाद खनालको प्रमुख आथित्यता तथा फर्मका प्रबन्धक हरिशरण जिम्बाको सभाध्यक्षतमा भएको कार्यक्रममा कृषि प्राबिधिक, संघ संस्थाका प्रतिनिधी र किसानहरुको सहभागीत रहेको थियो । वैशाख ४ गतेबाट सुरु यो योजना पालुङ मकवानपुरका सबै स्थानमा संचालन गरिने छ । मनहरी १ चकरीमा यसको कार्यालय रहेको फर्मले किसानसंग निकै सस्तोमा तरकारी लिने र महगो मुल्यमा बिक्री गर्ने बषौअघिदेखिको प्रचलनको अन्त्य गर्नका लागि र किसानहरुको सहजताको लागि नयाँ योजना ल्याएको हो ।