हेटौंडामा सुरक्षा गोष्ठी सकियो, बिप्लब मुख्य चुनौती

जनपत्र
४ बैशाख २०७६, बुधबार १७:४२

हेटौंडा / गृहमन्त्रालयको आयोजनामा प्रदेश नम्बर–३ स्तरको सुरक्षा गोष्ठी आज अपरान्ह सकिएको छ । आज समापनका दिनमा गृहमन्त्री रामबहादुर थापा, प्रदेश–३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकटेल, गृह सचिब प्रेमकुमार राई, प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाले यस प्रदेशको सुरक्षा मजबुत बनाउनुपर्ने बताएका छन् ।

अहिले प्रदेश ३ मा सुरक्षा चुनौतीका रुपमा बिप्लबका गतिबिधि रहेको जिल्ला स्तरका प्रहरी प्रमुखहरुले बताएका छन् । बिप्लबका कानुन बिपरितका गतिबिधि नियन्त्रण गर्न र उनिहरुलाई पक्राउ गर्न लागिपरेको प्रहरी प्रमुखहरुले अन्तरकृयामा बताएका छन् । आजको कार्यक्रममा प्रदेश ३ का १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अबस्थाका बिषयमा प्रस्तुतीकरण गर्नु भएको छ । जिल्लाको सुरक्षा अबस्था परेका चुनौती, आफ्ना समस्याहरुका बिषनयमा प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुतीकरण गरेका हुन् ।

गोष्ठीमा प्रदेश नम्बर ३ का १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरी प्रमुख, ससस्त्र प्रहरीका प्रमुख, अनुसन्धानका प्रमुख, तथा सेनाका जिल्ला स्तरका प्रमुख गरी ६५ जनाको सहभागिता रहेको छ । त्यसैगरी संघिय सुरक्षा निकायका प्रमुख, प्रदेश स्तरका सुरक्षा निकायका प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ अस्मान तामाङले बताउनुभयो ।

सुरक्षाका सम्बन्धमा अहिले देखापरेका समस्या र चुनौतीका बिषयमा सबै पक्षमा जानकारी गराउने उदेस्यले सुरक्षा गोष्ठीको आयोजना गरिएको हो । प्रदेश स्तरको सुरक्षा गोष्ठीमा चार वटै तहका सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागितामा सुरक्षा गोष्ठी भएको हो ।

हिजोको पहिलो दिनको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, ससस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यप्रृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृहमन्त्रालयका सहसचिब एबम प्रबक्ता रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागका सहसचिब इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ । नेपाली सेना भन्दा बाहेकका नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आइजीपीहरुले आज सुरक्षाको बिषयमा हिजोनै प्रस्तुतीकरण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*