हेटौंडामा बादलको कार्यकर्ता भेटघाट, जिल्ला नेतृत्व टुङ्गो लगाउन माग
हेटौंडा / नेकपाका केन्द्रीय नेता समेत रहनुभएका गृहमन्त्री रामबहादुर थापा बादलले आज प्रदेश ३ र मकवानपुरका कार्यकर्ताहरु संग भेटघाट गर्नुभएको छ । गृहमन्त्रालयको आयोजानमा हेटौंडामा भएको सुरक्षा बैठकका लागि आउनुभएका बादलले नेकपा मकवानपुरका नेता कार्यकर्ताहरु संग भेटघाट गर्नु भएको हो । कार्यक्रममा पार्टीको आन्तरिक बिषयमा छलफल गरिएको नेकपा मकवापनुरका नेता प्रेमबहादुर पुलामीले बताउनुभयो ।
नेकपाको जिल्ला स्तरको पार्टीको नेतृत्व टुङ्गो लगाउने, पार्टीका कार्यक्रम गाउँ स्तरमा लैजानुपर्ने, अहिले तीन तहका सरकारमा रहेका नेकपाका जनप्रतिनिधिले गरेका काम अब गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको पार्टीका एक नेताले बताएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, प्रदेश ३ का भूमि ब्याबस्था, कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सदस्य प्रेमबहादुर पुलामी लगायतकाको सहभागिता रहेको छ । कार्यक्रममा जिल्ला र प्रदेश स्तरका नेताहरुले गृहमन्त्री थापालाई पार्टीका समसामहिक बिषयमा कुरा राखेका छना् । जिल्ला स्तरमा पार्टीको नेतृत्व र जिमेवारीको टुङ्गो लगाउनका लागि माग गरेका छन् ।