नेमारले बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि खेल्न नसक्ने, पीएसजीलाई फरक पर्ला ?

जनपत्र
२६ फाल्गुन २०७७, बुधबार ०५:५९

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा पनि पेरिस सेन्ट जर्मन(पीएसजीका लागि खेल्न नसक्ने भएका छन्। स्पेनिस क्लब बार्सिलोनाविरुद्धको पहिलो लेग पीएसजीले ४(१ गोलले जितेको थियो। त्यस खेलमा पनि बार्सिलोनाका पूर्व खेलाडी नेमार खेल्न सकेका थिएनन्। त्यसपछि प्रशिक्षणमा आंशिकरुपमा फर्किएका नेमारलाई चोटको समस्या बल्झिएको बताइएको छ।

गत सिजन पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन नेमारको भूमिका महत्वपूर्ण रहेको थियो। यो सिजन भने उनले केवल १७ खेल खेलेका छन् र ती खेलमा १२ गोल गरेका छन्। फ्रेन्च कपको गत फेब्रुअरी १० तारिखमा भएको फाइनलमा नेमार घाइते भएका थिए।

यो सिजन पीएसजीका अर्का स्ट्राइकर एमबाप्पे उत्कृष्ट लयमा छन्। बार्सिलोनाविरुद्ध पहिलो लेगमा एमबाप्पेले ह्याट्रिक गरेका थिए। पीएसजीको मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनालाई कम्तिमा चार गोलको अन्तरमा जित आवश्यक छ, क्वार्टरफाइलनमा पुग्न।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*