बलिउडमा डेब्यू गर्दै भारतका केन्द्रिय मन्त्री पोखरियालकी छोरी आरुषी

जनपत्र
२६ फाल्गुन २०७७, बुधबार ०५:५२

भारतको केन्द्रिय मन्त्री रमेश पोखरियाल निशंककी छोरी आरुषी निशंक पन्त चाँडै नै बलिउडमा डेब्यू गर्दैछिन् । आरुषीले इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘तारिणी’ को पोस्टर शेयर गर्दै उक्त कुराको घोषणा गरेकी छिन् । तारिणी विश्वको सामुद्रिक यात्रामा निस्किएका नेभीका छ जना बहादुर महिला अधिकृतहरुमा आधारित फिल्म हो, जसको छायांकन चाँडै नै प्रारम्भ हुनेछ । राजनीतिक पृष्ठभूमिकी आरुषी फिल्ममा आउनुलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हिमश्री फिल्म तथा टी–सीरिजले संयुक्त रुपमा आगामी फिल्म ‘तारिणी’ को घोषणा गरेको हो । आरुषी निशंक उक्त फिल्मको महत्वपूर्ण सदस्य रहने छिन् । रोचक कुरा के छ भने तारिणी विश्वको सामुद्रिक यात्रामा निस्किएका पहिलो नेभी ‘जल सेना’ का छ जना बहादुर महिला अधिकृतमा आधारित फिल्म हो ।

१९ सेप्टेम्बर २०१७ मा वर्तिका जोशी, प्रतिभा जामवाल, पी।स्वाति, एस विजया, ऐश्वर्या तथा पायल गुप्ताले भारतीय नौ सेनाको सेलिङ पानी जहाज आईएनएसभि तारिणीमा आफ्नो यात्रा गोवाबाट प्रारम्भ गरेका थिए र १९ मे, २०१८ मा उनीहरुले २१ हजार ६ सय नटिकल माइलको दुरी तयर गरेर फर्किएका थिए । करिव २ सय ५४ दिनको उक्त यात्रापछि ती छ नेभी महिला अधिकृतहरुले आफ्नो नामा इतिहासमा दर्ता गरेका थिए ।

हिमश्री फिल्म तथा टी–सीरिजले मिलेर ८ मार्च, २०२१ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको मौका पारेर यो फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । अहिले उक्त फिल्मका निर्देशक तथा कलाकारहरुको बारेमा खुलासा गरिएको छैन । प्रसिद्ध फिल्म लेखक प्रसून जोशीले तारिणी फिल्मको लेखन तथा टीमलाई प्रशिक्षण दिएका छन् ।

को हुन् आरुषी ?

आरुषी शिक्षामन्त्री रमेश पोखरियाल तथा कुसुम कान्ता पोखरियालकी जेठी छोरी हुन् । रमेश पोखरियाल पहिला मानव संसाधन एवं विकास मन्त्री थिए र भारतको उत्तराखण्डका पूर्व मुख्यमन्त्री रहिसकेका छन् । आरुषी निशंक महिला सशक्तिकरण, सामाजिक क्षेत्र तथा पर्यावरण संरक्षणको क्षेत्रमा निरन्त सक्रिय छिन् । आरुषी भारतीय शास्त्रीय नृत्यांगना तथा पर्यावरणविद हुन् । उनी आरुषी हिमालयन आयुर्वेदिक मेडिकल कलेज एण्ड हस्पिटल इन देहरादूनकी अध्यक्ष समेत हुन् । कथ्थक नृत्यमा पारंगत भैसकेकी आरुषि बिरजू महाराजकी चेली हुन् । उनले गंगा अवतरण जस्तो डान्स परफर्मेन्सको कोरियोग्राफी गरेकी छिन् । उनले सन् २०१७ मा उत्तराखण्डकी शान अवार्डबाट समेत सम्मानित भैसकेकी छिन् । आरुषीको छ वर्षअघि २४ जनवरी २०१५ मा अभिनव पन्तसंग विवाह भएको छ । फिल्महरुका प्रति आरुषिको रुची पहिलादेखि नै थियो । २०१८ मा उनले आफ्ना बुवा रमेश पोखरियालको जीवनमा आधारित क्षेत्रिय फिल्म मेजर निराला निर्माण गरेकी थिइन् । उनी स्पर्श गंगा अभियानकी राष्ट्रिय संयोजक पनि हुन् । आरुषी निशंकलाई सन् २०२० मा शिकागोमा आयोजित अमेरिकी विमेन्स डेमा टप २० ग्लोबल विमेन अवार्डबाट सम्मानित गरिएको छ । उनको नाम गंगा संरक्षण एवं सम्बर्द्धन, जलवायु परिवर्तन एजुकेटर तथा ग्रीन इन्डियामा गर्ल चाइल्ड प्रमोशनको क्षेत्रमा कार्य गरेकोमा विश्वका शीर्ष २० महिलाहरुको श्रेणीमा समावेश गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*