प्रदेश ३ का मुख्यमन्त्रीद्धारा सहयोग रकम हस्तान्तरण

हेटौंडा / प्रदेश नम्बर–३ सरकारले आज बारा र पर्षाका हावाहुरी पीडित परिवारका लागि राहत रकम हस्तान्तरण गरेको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल आफै प्रदेश २ को राजधानी जनकपुरमा पुगेर मुख्यमन्त्री लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री पौडेल र प्रदेश ३ का उपसभामुख राधिका तामाङले राउतलाई प्रदेश सरकारको एक करोड रुपैयाँ र प्रदेशका सबै सांसदको ४ लाख ६९ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।पिडामा परेको समयमा सहयोग रकम हस्तान्तरण गर्न पाएकोमा मुख्यमन्त्री पौडेलले खुसी ब्यक्त ब्यक्त गर्नुभयो । त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री राउतले समस्यामा परेको समयमा छिमेकी प्रदेशले सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो । छिमेकी प्रदेशका नागरिक हावा, हुरीका कारण पीडित बनेकाले उनीहरुका लागि थोरै भने पनि सहयोग गर्ने उदेस्यले प्रदेश ३ को सरकारकारको मन्त्री परिषदको बैठकले एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरेको थियो । प्रदेश सभाका एक सय नौ जना सदस्यहरुको तीन दिन बराबरको तलबको रकम कटाएर चारलाख ६९ हजार रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेश ३ का उपसभामुख राधिका तामाङ, प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिब रमेश सिवाकोटी, भौतिक पुर्बाधार बिकाश मन्त्रालयका सचिब कौषलकिशोर झा लगायतकाको सहभागिता रहेको थियो ।
सहयोग रकम भने प्रदेश २ को दैबिप्रकोप उद्धार कोषमा जम्मा गरिने मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश २ को बारा र पर्षा जिलामा हावा हुरीका कारण ढलेका गाउँबस्ती हेर्न, उनिहरुका समस्या बुझ्न र अस्पतालमा उपचाररत घाईतेलाई भेट्नका लागि मुख्यमन्त्री पौडेल तत्काल पुग्नु भएको थियो । तराईका जिल्लामा हावाहुरी पीडितका क्षेत्रको अबलोकन गर्ने बित्तिकै मन्त्रीपरिषदको बैठक बोलाएर एक करोड रुपैयाँ सहयोग गर्ने निणय गर्नु भएको थियो ।