२३ गतेको संसद बैठकमै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तीन दलबीच सहमति, नयाँ प्रधानमन्त्रीमा देउवाको नाम !

जनपत्र
२० फाल्गुन २०७७, बिहीबार ०७:०४

यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।

बाबुराम प्रधानमन्त्री बन्लान् ?

नयाँ प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको नाम अघि सारिएको पनि स्रोतले दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर छुट्टा छुट्टै आन्दोलनमा होमिएका प्रमुख तीन संसद् पूनःस्थापना भएपछि ओलीविरुद्ध शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत भएका हुन् । र, उनीहरुबीच सरकार बनाउने विषयमा समेत मोटामोटी सहमति भैसकेको स्रोतको दाबी छ ।

पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले दिए निर्वाचन आयोगलाई दबाब

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु संसदमै फेस गर्ने बताईरहेको बेला यता तीन दलबीच भने उनलाई हटाउनको लागि नयाँ सहमति बनिसकेको छ । आजमात्रै चितवनको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले आफूले सत्ताको भाग नखोज्ने तर जिम्मेवारी आईहाले नभाग्ने भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सानो चित्त नबनाउन सुझाएका थिए । नेता पौडेलले कांग्रेस सत्तामा जाँदा राम्रो सन्देश नजाने भन्दै पाँच वर्ष नै प्रतिपक्षमा बस्न सुझाएका थिए । तर, जवाफमा देउवाले आफूले भाग नखोज्ने, तर जिम्मेवारी आए नभाग्ने भन्दै सरकारको नेतृत्व गर्नेबारे संकेत दिएका थिए ।

देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’

उता, नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले त कांग्रेस सभापति देउवालाई भेटेरै मिलेर सरकार बनाउनेबारे प्रस्ताव गरेका थिए । उनीहरुले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै सरकारको नेतृत्व गर्नसमेत देउवालाई आग्रह गरेका थिए । नेकपामा दाहाल नेपाल समूहसँग ९० जना सांसद रहेको भनिएको छ ।

प्रचण्डले त संसद् पूनःस्थापना नहुँदै सरकारको नेतृत्वमा आफ्नो कुनै दाबी नहुने भन्दै देउवालाई बनाउँदा आपत्ति नहुने बताएका थिए । उनले प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिने जनाएका थिए । आजको केन्द्रीय कमिटी बैठकमा समेत दाहालले परिस्थिति आफूहरुअनुकुल नै रहेको बताउँदै ढुक्क हुन नेताहरुलाई आश्वासन दिएका थिए ।

जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पनि भारतबाट उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक सहमतिका आधारमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको पछिल्लो भनाई नियाँल्दाखेरि परिस्थिति प्रधानमन्त्री ओलीको प्रतिकुल देखिएको छ । हुन त ओलीले पोखरा र झापामा हालै आयोजित छुट्टाछुट्टै कार्यक्रममा सम्बोधनको क्रममा आफूलाई हटाउने भए संसदमा आउन चूनौीत दिएका छन् । तर, सबै मिलेर हटाए केही वर्ष प्रतिपक्षमा बस्ने र फेरि चुनावमा दुई तिहाई जितेर सरकारमा आउने बताईसकेका छन् । पछिल्लो समय ओलीले परिस्थिति आफ्नो अनुकुल नदेखेपछि अहिले सबै मिलेर हटाएपनि चुनाव जितेर दुई तिहाईका साथ सरकारको नेतृत्व गर्न आउने अभिव्यक्ति दिन थालेका छन् । रिपोर्टर्स नेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*