आमिर खानसहित फिल्मका निर्माताविरुद्ध मुद्धा दायर

जनपत्र
२० फाल्गुन २०७७, बिहीबार ०६:४९

आमिर खानको चलचित्र, ‘ठग्स अफ हिन्दुस्तान’ ले भारतमा जाति विशेषमा अपमानजनक टिप्पणी गरेर भावनालाई ठेस पुराएको आरोपमा दर्ता भएको छ । भारतको युपीका जौनपुर जिल्ला न्यायाधीश, मदन पाल सिंहले उक्त उजुरी स्वीकार गरेका छन् । मुद्दामा चलचित्र अभिनेता आमिर खान, निर्माता आदित्य चोपडा सहित चार जनाको विरुद्ध नोटिस जारी गरिएको छ र अप्रिल ८ तारिखमा आफ्नो पक्ष राख्ने समय तोकिएको छ ।

भारतको लाइन बजारका हरईपुर निवासी हंसराज चौधरीले आफ्नो अधिवक्ताको माध्यमबाट सन् २०१८ नोभेम्बरमा मजिस्ट्रेट कोर्टमा ठग्स अफ हिन्दुस्तान फिल्मका निर्माता आदित्य चोपडा, निर्देशक विजय कृष्णा, अभिनेता आमिर खानको विरुद्धमा उजुरी दिएका थिए । फिल्मको ट्रेलरमा मल्लाह जातिलाई अपमानजनक शब्दले सम्बोधित गरेको आरोप लगाइएको छ । उनले सामाजिक संजालमा यसलाई प्रदीप निषाद, बृजेश निषाद, संजीव नागर, मनोज नागर आदि सँगै देखेका थिए ।

यस टिप्पणीले चौधरीको भावनामा ठेस पुगेको बताएका छन् । फिल्मको टीआरपी बढाएर नाफा आर्जन गर्नको लागि यस्तो दुर्भावनापूर्ण तरिकाले चलचित्रको यस्तो नाम राखेको समेत आरोप लगाएका छन् । मजिस्ट्रेट अदालतले चलचित्रको घटना र पात्रहरु काल्पनिक हुने कुरा पहिला नै चलचित्रमा लेखिएको हुने कारण उजुरी खारेज गरेको थियो । त्यस समयमा कुनै पनि कथा कसैलाई भावनालाई ठेस गर्ने नभई मनोरञ्जनको लागि बनाइएको हुने बताइएको थियो । त्यसपछि जिल्ला नययाधीशलाई वादीको पुनरीक्षण निवेदन दर्ता भयो । वादीका अधिवक्ताले प्रमाण सहित शपथ पत्र भएको बयान दर्ता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*