कोमल वलीलाई करिश्माको समर्थन-छोरीचेलीबारे बोल्दा जननीलाई मस्तिष्कमा राखेर बोल्नुस्’
नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका नेता रघुजी पन्तले कोमल वलीको बारेमा गरेको टिप्पणीमा अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन्। उनले छोरीचेलीको बारेमा केही कुरा बोल्दा जननीलाई मस्तिष्कमा राखेर बोल्न सुझाव दिएकी छन्।
नेता पन्तले कोमल वलीले सारी सरक्क सर्काएर गोरा पिडुला देखाउँदै ‘पोइल जान पाम’ भनेपछि सांसद बन्न पाएको तर पाटीकै लागि आजीवन लडिरहेका महिलाहरुले सांसद हुने मौका नपाएको अभिव्यक्ति दिएपछि उनको चौतर्फि आलोचना भईरहेको छ।
मानन्धरले भनेकी छन्, ‘ठूला ठूला विचार बोक्छु भन्ने दावी गरेका, ठूला ठूला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्को प्रति टिका टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चयैमा पाथ्र्यो। घोच पेच र ठट्यौलीको अभिव्यति हो की भन्ने भान पनि हुन्थ्यो।
अब त हुँदा हुँदा शब्दमा अपराधिक मानसिकता पनि देखिन थाल्यो। त्यो अभिव्यक्ति सुन्दा पन ित्यो स्तरको संर्कीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फूलेका ब्रुज्रुक प्रति दया पनि लाग्यो।’ उनले सुझाव दिँदै लेखेकी छन्, ‘पहिला आफूलाई सम्मान गर्नुस् अनि अरुलाई सम्मान गर्न स्वत सक्नुहुनेछ।’ उनले आफूले बोलेको कुरा समाजले सुन्दा लाज नहोस् भनेकी छन्।







