सुरक्षाको महत्वपुर्ण प्रस्तुतीकरणमा प्रदेशका गृहमन्त्रीलाई बोलाइएन

हेटौंडा / प्रदेश नम्बर ३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा चलिरहँदा यस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेललाई आजको महत्वपुर्ण कार्यक्रममा बोलाइएको छैन । नेपाल सरकारका सुरक्षा निकायका प्रमुखहरुले आज प्रदेश ३ स्तरकोे सुरक्षाका बिषयमा प्रस्तुतीकरण गर्ने महत्वपुर्ण कार्यक्रममा सहभागि गराउनुको सट्टामा भोलीको उध्घाटन्को औपचारिक कार्यक्रममा मात्र प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला मन्त्रीलाई बोलाईएको छ ।
भोलीको औपचारिक कार्यक्रममा भने खुल्ला रुपमा गर्ने, उध्घाटन्मा भाषण गर्ने, पत्रकार लगायतकाको पनि उपस्थित हुने कार्यक्रम तय भएको छ । आज महत्वपुर्ण सात वटा प्रस्तुतीकरण हुने र समग्र प्रदेशको सुरक्षाका बिषयमा जानकारी गराउने कार्यक्रम छ । भोली औपचारिक कार्यक्रममा मात्र आफुलाई सहभागिताको लागि खबर गरिएको र आजको कार्यक्रमका बारेमा जानकार नभएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।
आजको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, ससस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यप्रृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृहमन्त्रालयका सहसचिब एबम प्रबक्ता रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागका सहसचिब इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ । नेपाली सेना भन्दा बाहेकका नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आइजीपीहरुले आज सुरक्षाको बिषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको छ ।
गृहमन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार गृहमन्त्रालय अन्तरगतको बिपद तथा द्धन्द ब्याबस्थापन महासाखाबाट समेत गरी सात वटा प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ । आजको सबै प्रस्तुतीबाट प्रदेशको सुरक्षाका बिषयमा स्पष्ट जानकारी हुने छ । तर यो महत्वपुर्ण कार्यक्रममा खबरनै नभएको जमरकटेलले बताउनुभयो ।