इतिहास उतारेको ‘नालापानी’ चलचित्रको काठमाडौँमा ‘विशेष शो’

जनपत्र
१७ फाल्गुन २०७७, सोमबार ०६:४३

नेपालको अविस्मरणीय युद्ध इतिहासलाई प्रस्तुत गरिएको चलचित्र ‘नालापानी’ को काठमाडौँमा ‘विशेष शो’ देखाइएको छ। राष्ट्रिय शक्ति पार्टीको पहलमा यो चलचित्रको विशेष शो गरिएको हो। राष्ट्रिय शक्ति पार्टीले अहिलेको पुस्ताले इतिहास बिर्सिसकेकोले जानकार गराउनको लागि यो कार्यक्रम आयोजना गरेको जनाएको छ।

‘देश बनाउनको लागि यत्रो धेरै मानिसले बलिदान दिएका छन्, भोक भोकै लडेको कुरा बिर्सिसकेका छन्।’ पार्टीका संयोजक रवि थापाले भने, ‘हामीले ट्रेलर हेर्दा देखाउन पर्छ जस्तो लाग्यो। देश जोगाउनका लागि राजा, जनताले के योगदान दिएका थिए, हामी विदेशीलाई कसरी आफ्नो भूमिमा आँखा जगाउँदा प्रतिवाद गथ्र्यौ भनेर देखाउन जरुरी जस्तो लाग्यो र चलचित्र नै उपयुक्त माध्यम जस्तो लाग्यो।’ उनले यो पहिलो ट्रायल भएको र यस्ता कार्यक्रमहरु अरु पनि गर्ने योजना पार्टीमा रहेको उनले जानकारी दिए।

इतिहासका जानकारहरुले सबैभन्दा लामो र कठीन युद्धको नाम दिएको नालापानीको कथा समेटिएको चलचित्र ‘नालापानी’ मा नेपाली र अंग्रेजबिच भएको लडाइँ देखाइएको छ। चलचित्रले लडाइँमा नेपालीले देखाएको वीरताको गाथालाई चित्रण गरेको छ।

नालापानीको रक्षाको निम्ती ६ सय सैनिकको नेतृत्व गर्दै खटिएका कुँवरले दुई पल्ट बेलायती सेनालाई परास्त पारेका थिए। युद्धमा अंग्रेज फौजको ठूलो क्षति भएको थियो। नेपालीले हारेको भएपनि विरताका कदर भएको यो युद्धपद्वी बेलायती सेनाले शिलालेख स्थापित गरेका थिए। शिलापत्रमा ‘हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरुको स्मृतिमा सम्मानोपहार’ भनेर लेखिएको छ।

 

चलचित्रमा अर्जन जंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायत कलाकारहरुको अभिनय रहेको छ। यस्तै चलचित्रलाई विपिन मल्लले उत्पादन गरेका हुन् भने बसन्त घर्तीमगर, अच्यूत गजूरेलको भिएफएक्स, विरजा गहतराजको कोरियोग्राफि र रोशन श्रेष्ठको एक्सन छ। चलचित्रको पटकथा कृण आचार्य र रिमेश अधिकारीले लेखेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*