गृहमन्त्रालयको सुरक्षा गोष्ठी हेटौंडामा, ससस्त्र र जनपथका आइजीपीको प्रस्तुतीकरण

हेटौंडा / गृहमन्त्रालयको आयोजनामा प्रदेश नम्बर–३ स्तरको सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । सुरक्षाका सम्बन्धमा अहिले देखापरेका समस्या र चुनौतीका बिषयमा सबै पक्षमा जानकारी गराउने उदेस्यले सुरक्षा गोष्ठीको आयोजना गरिएको हो । प्रदेश स्तरको सुरक्षा गोष्ठीमा चार वटै तहका सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागितामा सुरक्षा गष्ठी सुरु गरिएको हो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, ससस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यप्रृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृहमन्त्रालयका सहसचिब एबम प्रबक्ता रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागका सहसचिब इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ । नेपाली सेना भन्दा बाहेकका नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आइजीपीहरुले आज सुरक्षाको बिषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको छ ।
गृहमन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार गृहमन्त्रालय अन्तरगतको बिपद तथा द्धन्द ब्याबस्थापन महासाखाबाट समेत गरी सात वटा प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ । आज बिहान नौ बजेबाट सुरु भएको कार्यक्रममा दिनभर प्रस्तुतीकरण हुने र अपरान्ह भने खुल्ला सत्रमा छलफल, अनुभव आदान प्रदान लगायतका कार्यक्रम तय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।
औपचारिक कार्यक्रमको उध्घाटन् गृहमन्त्री थापाले गर्ने
दुईदिन सम्म चल्ने सुरक्षा गोष्ठीमा भोली गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, गृह सचिब प्रेमकुमार राई, प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाको सहभागिता हुने छ । औपचारिक कार्यक्रमको उध्घाटन् भने भोली बिहान गृहमन्त्री रामबहादुर थापा बादलले गर्नुहुने छ ।
प्रदेशका १३ जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागि
गोष्ठीमा प्रदेश नम्बर ३ का १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरी प्रमुख, ससस्त्र प्रहरीका प्रमुख, अनुसन्धानका प्रमुख, तथा सेनाका जिल्ला स्तरका प्रमुख गरी ६५ जनाको सहभागिता रहेको छ । त्यसैगरी संघिय सुरक्षा निकायका प्रमुख, प्रदेश स्तरका सुरक्षा निकायका प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ तामाङले बताउनुभयो । भोलीको कार्यक्रममा भने १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अबस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको छ ।