मनमोहनलाई स्मरण गर्दै माघव नेपाललाई ईश्वर पोखरेलको प्रश्नः छुद्र र अनैतिक दबाब किन?

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै प्रश्न गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन्।
उनले ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्दा सर्वोच्च अदालतले खारेज गरेको र मनमोहन अधिकारीले अस्वस्थताका कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको स्मरण गरे।
उनले स्टाटसमा लेखेका छन्, ‘यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन्११ यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किनरु संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति१रु