नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

जनपत्र
१६ फाल्गुन २०७७, आईतवार ०६:५५

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।

हेटौंडामा आज आयोजित एक कार्यक्रममा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी केपी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव नेपाल पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‌मा हुने प्रतिनिधित्वका आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”

महामन्त्री कोइरालाले कम्युनिस्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*