भाडाकाे घरमा बस्छन्, कलाकार संजय मिश्रा

जनपत्र
१६ फाल्गुन २०७७, आईतवार ०६:४६

बलिउड फिल्म ‘गोलमाल’का कलाकार संजय मिश्रा फिल्ममा एकै खालको भूमिकामा आफ्नो अलग पहिचान बनाउनेमध्यमा गनिन्छन् । दुई दशकभन्दा लामो समयदेखि फिल्ममा लागिरहेका संजय मिश्राले एक अन्तर्वार्तामा आफ्नो दुःख बयान गर्दै भनेका छन्– ‘२० वर्षदेखि फिल्ममा काम गरिरहेको छु । तर, भाडामा लिएको घरमा बस्न बाध्य छु ।’

उनी आफूसँग घर किन्ने पैसा नभएको बताउँछन् । ‘पछिल्लो समयमा अभिनेतालाई भन्दा सपोर्टर कलाकारलाई राम्रो पैसा छ । तर, अझै पनि जति शुल्कको माग गर्छौं त्यति पाउन सकेको छैन । यसको एक कारण मेरो एटिट्युड पनि हो । वास्तवमा म निर्मातालाई पहिले नै भनिदिन्छु कि, पहिले लिड एक्टरको काम देखाउ त्यसपछि म काम गर्छु ।’

संजयका अनुसार जब तपाईं लिड रोलमा हुनुहुन्छ, तपाईं पैसा इन्भेस्ट गर्नुहुन्छ । निर्माण टिमले पनि फरक व्यवहार गर्छ । अर्को तर्फ सपोर्टिङ रोल गर्ने व्यक्तिसँग भनिन्छ, तपाईको कारणले फिल्म बिकिरहेको छ । तर, ठूलो कारण त नायक नै हुन् । यही फरक हो लिड एक्टर र सपोर्टर एक्टरको काममा ।

अभिनयलाई छोडेर ढाबामा काम गरेका थिए

एनएसडीबाट स्नातक गरेका संजयको जीवनमा एक समय यस्तो आएको थियो, जब उनले एक्टिङलाई ‘बाइ’ भनेका थिए । उनले एक सानो भोजनालय खोलेका थिए । वास्तवमा आफ्नो बुबाको मृत्युपछि संजय अभिनय छोडेर ऋषिकेश गएका थिए । जहाँ उनी एक ढाबामा काम गर्थे । संजयले सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । यति हुँदासम्म उनले सफलता प्राप्त गरेनन् । सायद यसकै कारणले ढाबामा उनलाई कसैले चिन्न सकेनन् ।

रोहित शेट्टीले फेरि दिए काम

यदि रोहित शेट्टी नभएको भए संजय आफ्नो पूरै जीवन त्यही ढाबामा काम गरेर बिताइरहेका हुने थिए । रोहित र संजयले फिल्म ‘गोलमाल’ मा एक साथ काम गरिसकेका थिए । उनी रोहितले आफ्नो अर्को फिल्म ‘अल द बेस्ट’ मा काम गरिरहेका बेला उनलाई संजय मिश्राको याद आयो । खासमा संजय फिल्ममा आउन तयार थिएनन् । रोहित शेट्टीले उनलाई फिल्ममा आउनको लागि मनाए । उनले फिल्म साइन पनि गरे । त्यसपछि संजय बलिउडबाट बाहिर जान चाहेनन् ।

फिल्मी करियरको सुरुवात र संघर्ष

सन् १९९१ मा संजय मुम्बइ आएका थिए । करिब नौ वर्ष संघर्ष गरिसकेपछि उनले पहिलो ब्रेक पाए । चाणक्य सिरियलबाट अभिनय सुरुवात गरेका संजयले पहिलो दिन शुटिङमा २८ पटकसम्म रि–टेक दिएका थिए । पछि उनले आफ्ना साथी तिग्मान्शु धपियाको सिरियल ‘हम बम्बई नहीं जाएंगे’ मा डायरेक्टरको रुपमा काम गर्न सुरु गरे । केही दिनपछि ‘सरी मेरी लारी’ मा देखिए संजय ।

संजय फिल्म करियरको सुरुवात

१९९५ मा हिन्दी फिल्म ‘ओह डार्लिङ ये है इन्डिया’मा काम गरे उनले । उक्त फिल्ममा उनले एक हार्मोनियम प्लेयरको छोटो भूमिका निभाएका थिए । त्यसपछि उनले सत्या, दिल से, फस गए रे ओबामा, मिस टनकपुर हाजिर हो, प्रेम रतन धन पायो, मेरठिया गैंगस्टर्स, दम लगाके हायेशा, गोलमाल र बादशाहो जस्ता फिल्ममा काम गरेका थिए । उनै संजय अब छिटै नै मंगल हो र टोटल धमाल फिल्ममा समेत देखिँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*