दुई दिने अन्तरक्रिय कार्यक्रम सम्पन्न

हेटौंडामा न्यायीक समितिको अवस्था विषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरका सबै स्थानिय तहमा संबैधानिक संरचना अनुरुप गठन भएका न्यायीक समितिले गरेका काम, देखा परेका समस्या र चुनौतीका बारेमा अन्तरक्रिया भएको हो ।
मुलुकमा नयाँ संरचनासंगै हरेक स्थानिय तहमा स्थानिय स्तरमा नै न्याय सम्पादन गर्ने उद्धेश्यका साथ न्यायीक समिति गठन गरिएको हो । कार्यक्रममा न्यायीक समितिले गरेका उदहारणिय काम र न्याय सम्पादनका क्रममा झेल्नु परेका समस्याका विषयमा बिस्तृत छलफल गरिएको थियो ।
नारी सीप सिर्जना केन्द्र मकवानपुरले आयोजना गरेको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उममेयर मिना कुमारी लामाको प्रमुख आथित्यता र नारी सीप सिर्जना केन्द्रकी अध्यक्ष उमा सुबेदीको सभाध्यक्षतमा भएको थियो । उक्त कार्यक्रममा न्यायीक समितिमा आएका समस्यालाई समाधान गर्न अधिबक्ता मुकुन्द प्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो ।