प्रचण्ड–नेपाल समूहद्वारा ९ बुँदे मापदण्ड तय, कमिटीमा ५०/५० प्रतिशत हिस्सा रहने

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको छ । सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले नौ बुँदे मापदण्ड तय गरेको हो । मापदण्डमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी कमिटी एवं जनवर्गीय सङ्गठनको खाली रहेको ठाउँ पूर्ति तथा एकीकरणमा दुवै पक्षको आधारआधा अर्थात् ५०र५० प्रतिशत हिस्सा रहने भएको छ ।
कमिटी तथा जनवर्गीय सङ्गठनको खाली रहेको ठाउँ पूर्ति तथा एकीकरणका लागि तय मापदण्ड तथा आधारमा दुई अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा ९एमाले० पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।