नयाँ जनादेश लिन्छु भन्दा प्रतिगमन हुँदैन : सुवास नेम्वाङ

जनपत्र
८ फाल्गुन २०७७, शनिबार ०६:३३

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन्। इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्दा संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको जिकिर गरे।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए। नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने पनि बताए।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे। उनले सबैका हक(अधिकारलाई संविधानमा उल्लेख गरिएको बताउँदै आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने स्पष्टीकरण दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*