सौगात मल्ल अब निर्माता पनि !

अभिनेता सौगात मल्ल निर्माता बन्ने भएका छन् । उनी चलचित्र ‘दि सेक्रेटस् अफ राधा’ मार्फत निर्माताका रुपमा आउन लागेका हुन् । निर्देशक सुवर्ण थापाले पनि सौगातसँग निर्माणमा सहकार्य गर्दैछन् । यो चलचित्रको शीर्ष भूमिकामा सौगात आफै देखिने छन् ।
चलचित्र यही माघको अन्तिम सातादेखि छायाङ्कनमा जाने बताइएको छ । धमाधम कार्यशाला चलिरहेको यो चलचित्रमा रहने अन्य कलाकारहरु भने तय भएको छैन । चलचित्र सुवर्ण थापाले नै निर्देशन गर्नेछन् ।