किन टुट्यो वर्षा शिवाकोटी र सविनको प्रेमको डोरी ?

जनपत्र
४ फाल्गुन २०७७, मंगलवार ०६:३४

चलचित्रको पर्दामा खासै कमाल गर्न नसकेकी अभिनेत्री मध्येकी एक हुन् अभिनेत्री वर्षा शिवाकोटी। उनले खेलेका केही चलचित्रले राम्रै चर्चा पाएनि उनको भने खासै चर्चा भएन। यिनै अभिनेत्री प्रेम सम्बन्धका कारण भने निक्कै चर्चामा रहिन्। अमेरिका बस्ने सविन जंग थापाको प्रेममा रहेकी शिवाकोटी बेलाबेला प्रेमी भेट्न अमेरिका जाँदै आउँदै गर्थिन्। उनले अमेरिका पुगेर आफ्ना प्रेमीसँग विभिन्न पोजमा खिचेका तस्बिर समेत सार्वजनिक गरिन्।

प्रेमी सार्वजनिक गरेकी वर्षाले केहि समयअघि विहे गर्ने मुडमा रहेको समेत बताएकी थिइन्। वर्षा र सविनको प्रेमले मिडियामा राम्रै स्थान पाएको थियो। तर, पछिल्लो केहिदिन यता वर्षा र सविनको प्रेम वियोगले स्थान पाएको छ। वर्षाले सविनसँगको १७ महिने प्रेम सम्बन्ध टुंग्याएकी छिन्।

वर्षासँगको प्रेम सम्बन्धमा विराम लगाएपछि सविनले लामो स्टाटस लेख्दै वर्षाले आफूलाई धोका दिएको बताएका छन्। वर्षाले आफूलाई अप्ठ्यारो समयमा साथ नदिएको गुनासो गरेका छन्। इन्स्टाग्राममा वर्षासँगका तस्बिर शेयर गर्दै सविनले लेखेका छन्, ‘म ट्रमाटाइज्ड महसुस गरिरहेको छु। म फेरि विश्वास गर्न सक्दिन। मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो। गल्ती मैले पनि गरेँ हुँला तिम्ले पनि गर्‍यौँ होला। तर, मेरो प्रेम निर्दोष थियो। तिम्रो इगो र एटिच्युडले त्यो मारियो’।

उनले वर्षासँगको प्रेम वियोगपछि आफूलाई हरेक कुरासँग डर लागिरहेको पनि बताएका छन्। यो घटनाले जीवनभरका लागि प्रेमलाई हेर्ने आफ्नो दृष्टिकोण नै भताभुङ्ग भएको सविनले लेखेका छन्। वर्षा भने अहिले मौन देखिएकी छिन्। वर्षा र सविनको प्रेम सामाजिक सञ्जालबाट सुरु भएको थियो।

सविनसँग प्रेममा पर्नु अघि अभिनेत्री वर्षा शिवाकोटीको नाम निर्देशक मिलन चाम्ससँग जोडिने गरेको थियो। सविनसँगको प्रेमसँगै वर्षाले मिलनलाई धोका दिएको चर्चा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*