हेटौंडामा बहुप्राविधिक महाविद्यालय निर्माण सुरु हुदै

हेटौंडा । हेटौंडा ६ मा निर्माण हुन लागेको नेपाल भारत मैत्री बहुप्राबिधिक बिद्यालय निर्माणको काम सुरु हुन लागेको छ । बषौ देखि अड्कीएको काम अब सुरु हुन लागेको हो । बिभीन्न खालका अप्ठ्यारा देखाउँदे काम सुरु गर्न ढिलाइ गरेपनि अहिले भने छिटो काम सुरु गर्नका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको कडा निर्देशनपछी काम सुरु गरिएको छ । बहुप्राविधिक महाविद्यालय निर्माण गर्नकालागि रुख काट्ने काम भईरहेको छ । महाबिद्यालय स्थापना हुने जग्गामा रुख काट्नुपर्ने भएपछी बषौदेखि काम रोकिएको थियो । महाबिद्यालय निर्माण गर्नका लागि काट्नुपर्ने रुख मध्येमा अब थोरै रुख मात्र काट्न बाँकी रहेको छ । रुख कटानको कामसंगै अरु कामपनि अगाढी बढ्ने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा यस अघि बिभिन्न बैठक र निर्देशनपछी जिल्ला वन कार्यालय मकवानपुरले रुखहरु सबै काटेर भवन निर्माण गर्नका लागि सहजता सृजना गर्न लागेको हो ।
नेपाल र भारतको राष्ट्रपति स्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ६ मा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । दुई देशबीच सम्झौता भएको एक दशकसम्म पनि हेटौंडा उपमहानरपालिका–६ मा नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको निर्माण सुरु हुन नसकेपछि तीन नम्बर प्रदेश सरकारले समयमै निर्माणको लागि चासो देखाएको छ । त्यही क्रममा अहिले यस क्षेत्रका रुख धमाधम काट्ने काम भईरहेको छ । लामो समयदेखि रोकिएको काम गर्नका लागि मुख्यमन्त्री पौडेलको कडा निर्देशनपछी काम सुरु गरिएको हो । बिगत नौ बर्ष अगाडीनै काम सुरु गर्ने भनेर संझौता भएपनि काम भने अगाडी बढ्न सकेको थिएन । अहिले भने स्थलगत रुपमा काम सुरु भएको देख्न सकिन्छ ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भारतीय दुतावासका डिसिएम, प्रदेश सरकारका उच्च कर्मचारी, निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधी लगाएत महाबिद्यालयसंग सम्बन्धित कार्यालय, संघसंस्थाका प्रतिनीधीसँग आयोजना सुरु हुन नसक्नुको कारणबारे जानकारी यसअघि केही महिना अगाडी लिनुभयो । दुई देशबीचको सम्झौताअनुसार हेटौंडामा जग्गा उपलब्ध गराएपनि भारत सरकारको ढिलासुस्तीको कारणले महाविद्यालयको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
६४ करोड रुपैंया भारत सरकारको सहयोगमा निर्माण गर्ने भनेर सम्झौता भएको उक्त महाविद्यालयको निर्माण कार्यको टेन्डर भारत सरकारले नै गत वर्ष निकालेको थियो । जसमा भारतीय टीसीआईएन र नेपालको आरोग्य कन्स्ट्रक्सनले संयुक्तरूपमा निर्माण कार्यको ठेक्का पाएका छन् । तर ठेक्का पाएको कम्पनीले भने निर्माण क्षेत्र खाली नगरिदिएको कारण काम सुरु हुन नसकेको बताउँदै आएको छ । चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशकअघि नै साढे २६ बिगा जमिन उपलब्ध गराएको थियो । उक्त सामुदायिक वनमा रहेको २ हजार ३ सय ५१ वटा रूख कटान गर्नुपर्छ ।
विगतमा करिब ७ सय रूख मात्र कटान गर्नुपर्ने भनिए पनि अहिले २ हजार ३ सय ५१ वटा रूख कटान गर्नुपर्ने देखिएको छ । ती सबै रुख कटानको काम भईरहेको हो । साढे २६ बिगा जमिनमा अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संंरचनाहरू निर्माण हुनेछन् । पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात् आईटी, मेकानिकल र इलेक्ट्रीको विषयको पढाइ हुनेछ ।