सचिव सरुवामा मनोमानी

सरकारले झन्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीबार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको छ । केहिले भने पत्र बुझ्न मानेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कसको सरुवा कहाँ ?
१ तोयम रायस् अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२। सुरेश अधिकारीस् निर्वाचन आयोग
३। वेगेन्द्रराज शर्मा पौड्यालस् भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४। सूर्य गौतमस् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५। देवेन्द्र कार्कीस् राष्ट्रिय सतर्कता केन्द्र
६। अर्जुन पोखरेलस् उद्योग
७। दिनेश भट्टराईस् वाणिज्य
८। महेन्द्र गुरागाईस् लोकसेवा आयोग
९। वैकुण्ठ अर्यालस् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०। देवकुमारी गुरागाईस् उपराष्ट्रपति कार्यालय
११। केदार न्यौपानेस् युवा तथा खेलकुद मन्त्रालय
१२। टेक नारायण पाण्डेस् सार्वजनिक खरिद अनुगमन कार्यालय
१३। मणिराम गेलालस् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१४। सुरेश आचार्यस् नेपाल ट्रस्ट
१५। रामप्रसाद थपलियास् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१६। सुमन अर्यालस् प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन
१७। गोपीनाथ मैनाली : होल्ड
राजधानीडेलीबाट