अन्जु पन्त भन्छिन ‘थिरले मलाई चोखो प्रेम दिएका छन् खुशी छु’

जनपत्र
३ फाल्गुन २०७७, सोमबार ०६:१७

नेपाली सुगम संगीतका चर्चित गायिका अञ्जु पन्त विवाहको तयारीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्। आउँदो महिनामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बोलेकी थीइनन । आज एक सार्वजनिक कार्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को तारिफ समेत गरेकी छिन् ।सुरुमा विवाह बारे नबोल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुनेवाला श्रीमान को तारिफ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् ।

केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्‍जुले दिने प्रायस् हरेक अन्तर्वार्तामा पनि भन्‍दै आएकी थिइन्।यता, विवाहबारे अहिले भने परिवारको निर्णयलाई नै कुरेको कोइरालाको भनाइ छ। अञ्जुलाई थीरले टेलिभिजन अन्तवार्ताको क्रममा भेटेका थिए। २०१३ को अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए।

‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षजति भयो।’ थीरले भने, ‘हामी समान धार्मिक आस्था राख्छौँ, त्यसैले विचार मिल्थ्यो। हामीले धेरैपल्ट सँगै काम गर्ने मौका पनि पाएका छौँ। त्यसरी नै नजिक पनि भएका हौँ।’गायिका पन्तको फाउनडेशनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जीवनसाथी बन्‍ने योजनामा रहेका छन्। नयाँ जीवन सुरु गर्ने निर्णय लिनुभन्दा अगाडि सबै कुराकानी भएको र आफूलाई अञ्जुको पछिल्लो जीवनको घटनाले खासै फरक नपार्ने थीरले बताएका छन्। थीरले पारितोषिका आफ्नो साथी जस्तै भएको बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*