कीर्तिपुरमा सुरु भयो तीनदिने कला र संगीत मेला

जनपत्र
२ फाल्गुन २०७७, आईतवार ०६:५५

राजधानीको कीर्तिपुरमा ‘कीर्तिपुर आर्ट एण्ड म्युजिक मेला २०२१’ शनिबारदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने मेलामा गीत, संगीत, वाल पेन्टिङ, ट्याटु लगायतका सबै कलालाई समेटेको आर्ट एण्ड म्युजिक मेलाका संयोजक सुमन मगर बताउँछन्। कोरोना भाइरसका कारणले रोजगारी गुमाएर घरमा बसेका कलाकार र उनीहरुको मानसिक अवस्थालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको उनले बताए।

‘कोरोना महामारीले अरु क्षेत्र जस्तै कलाकार पनि निकै मारमा परे। लामो समय बन्द भयो। जसका कारणले कलाकारहरु यतिकै थिए,’ उनले भने, ‘कलाकारहरुलाई एक्जिबिशन तथा मेलाहरु गर्न दिइएको थिएन। किनभने धेरै भीड गर्‍यो भने कोरोना सर्छ। तर हाम्रा देशका नेताहरु दिन दिनै जुलुस गर्छन्। यस्तो बेला नेताहरुले जुलुस गर्न पाउने हामीहरुले काम गर्न नपाउनेरु भनेर आर्ट मेलाको आयोजना गरेका हौँ।’

यसका अलावा आफूहरुले सबै कलाकारलाई एकिकृत गर्ने उद्देश्य पनि रहेको उनले बताए। ‘नेपालको कला संस्कृतिलाई स्वदेश तथा विदेशमा मन पराउँछन्,’ उनले भने, ‘ती कलालाई बनाउनेलाई पनि चिनाउन जरुरी छ। त्यसैले हामीले मेलामा सहभागीका लागि सामाजिक सञ्जालमार्फत आह्वान गर्‍यौँ। धेरै आर्टिसहरु आउनुभएको छ।’

उक्त मेलामा १८ देखि २५ वर्ष समूहका ५० जना कलाकारहरुको सहभागिता भएको उनले बताए। उनले भने, ‘मेलामा सुर्खेत, दाङ लगायतका विभिन्न ठाँउहरुबाट कलाकार आएका छन्। उनीहरु कोरोनाका कारणले तनावग्रस्त अवस्थामा थिए। हामीले यस्तो मेला भइरहेको छ भन्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका थियौँ। सोहि हेरेर उहाँहरु आउनुभयो।’

मेला कलाकारका लागि आफ्नो कला सर्वसाधारणलाई देखाउने सानो अवसर भएको संयोजक मगरको भनाइ छ। आर्ट मेलाका लागि स्वदेशका मात्र नभई छिमेकी मुलुक भारतका कलाकारको पनि सहभागिता रहेको उनले बताए। यस्तै कलाकारका लागि अरुले सोचे पनि ‘देशका गहना’ भनिने कलाकारका लागि भने सरकारले कुनै चासो नदिएको उनले गुनासो गरे। कलकारले आफ्नो कलाका माध्यमबाटै आर्यआर्जन गरेपनि त्यसका बाटाहरु अझै सरकारले बन्द गरेको उनको आरोप छ। जसका कारणले आफूहरुले नै पहल गरेर मेलाको आयोजना गरेको उनले बताए।

‘मेलाका लागि हामी सबैले पकेट मनिबाट पैसा हाल्यौँ र एक्ता इभेन्ट एण्ड क्रियटिभ म्यानेजमेन्टले ५० हजारको स्पोन्सर गर्‍यो। त्यसबाट आफूहरुले रंग किनेर ल्यायौँ। कीर्तिपुर नगरपालिकासँग पनि आर्थिक सहयोग मागेका थियौँ। नगरपालिकाले ५० हजार सहयोग गर्‍यो र कीर्तिपुरमा पेन्ट गर्ने अनुमति दियो,’ उनले भने।

बाउबाजेले बनाएको कला संस्कृतिलाई बेचेर हामी खाइरहेका छौँ। तर नयाँ पुस्तालाई भने वास्ता गरेका छैनौँ। हाम्रो कला संस्कृति स्वदेशभन्दा विदेशीले मन पराउने हो। तर अहिलेसम्म पटक आएका छैनन्। कहिले आउँछन् थाहा छैन,’ उनले भने, ‘उनीहरुका कारणले आय आर्जन हुन्थ्यो अब त्यो पनि रोकिएको छ। सरकारलाई जनताको मतलब छैन। आफ्नो बारेमा मात्र सोचिरहेको छ। सरकारले पर्यटक आउन नदिए पनि त्यसको साटो मेला, एक्जिविशनका लागि ठाँउ दिनु पर्‍यो। कलाकारलाई सम्मान गर्नु पर्‍यो।’

उनले आफूलाई यो मेला गर्न पनि हम्मे–हम्मे परे पनि कीर्तिपुर नगरपालिका, भाजंगलबासी लगायतले सहयोग गरेको बताए। ‘हामीले भजंगलमा ५ वर्षका लागि जग्गा भाडामा लिएर सुरु गरेका छौँ,’ उनले भने, ‘यस्ता कार्यक्रम कलाकारका लागि देशका विभिन्न ठाँउमा आयोजना गर्ने योजना छ।’ यस्तै कलाकार दुर्गा सुनुवार ९सारा तुनिच कोइच०ले पनि सरकारले आफूहरुलाई बेवास्ता गरेको बताइन्।

‘देश हाक्ने नेताहरुलाई राजनीतिक बाहेक हरु कुरा आउँदैन। अरु थाहा पनि छैन। आर्टका बारेमा त झन् सामान्य ज्ञान पनि छैन,’ उनले भनिन्, ‘त्यो लेबलमा बस्ने मान्छेलाई सामान्य भए पनि ज्ञान हुनुपर्छ। कला हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुरा हो। अन्तर्राष्ट्रियस्तरमा आर्टको प्रतिस्पर्धा हुन्छ। तर हाम्रो सरकारबाट केहि छैन।’

उनले थपिन्, ‘आर्टिसको कुरा सुन्ने नाफा ९नेपाल फाइन आर्टस् एकेडेमी० छ। उहाँहरुले पनि आर्टिसको कुरा सुन्नलाई संसदमा आर्टिस नै पुग्नु पर्छ भन्नुहुन्छ। तर आर्टिसले राजनीति गरेर जीवन बिताउन सक्दैन। उसको क्रियटिभिटीमा जीवन जान्छ।’ देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*