राष्ट्रिय क्रिकेट टिमको तयारी : पहिलो चरणबाट १२ खेलाडी फालिए, दोस्रो चरणमा २० खेलाडी

जनपत्र
२ फाल्गुन २०७७, आईतवार ०६:५४

राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि पहिलो चरणको बन्द प्रशिक्षणबाट १२ जना खेलाडी फ्याँकिएका छन्। आइतबारदेखि सुरु हुने दोस्रो चरणको बन्द प्रशिक्षणमा २० जना खेलाडी रहने नेपाल क्रिकेट संघ(क्यानले जनाएको छ।

दोस्रो चरणका लागि छनोट भएका खेलाडीमा ज्ञानेन्द्र मल्ल,पारस खड्का, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछाने, शरद भेषावकर, बसन्त रेग्मी, अविनास बोहरा, सन्दीप जोरा र दीपेन्द्रसिंह एेरी छन्।

कमलसिंह एेरी, सुसन भारी, ललित राजबंशी, शाहब आलम, पृथु बास्कोटा, विक्रम सोब, कुशल भुर्तेल, कुशल मल्ल र आसिफ शेख पनि छनोट भएका छन्। दोस्रो चरणको बन्द प्रशिक्षणबाट राष्ट्रिय टोलीको छनोट हुने क्यानले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*