अख्तियारको हेटौंडा कार्यालयमा उजुरीका चाङ, नौ महिनामै ८ सय उजुरी

तराईका जिल्लालाई पछ्याउँदै मकवानपुर, स्थानीय तहमा बढी भ्रष्टाचभार
हरि हुमागाईं
२ बैशाख २०७६, सोमबार १५:४१

हेटौंडा / अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडामा पहिलेका बर्षका तुलनामा उजुरीका चाङ धेरैनै लाग्न थालेका छन् । गत बर्षको तुलनामा उजुरी धेरै बढ्न थालेका हुन् । चालु आर्थिक बर्षको नौ महिनाको अबधिमा अख्तियारमा ८ सय १९ वटा उजुरी परेका छन् । प्रदेश नम्बर ३ का नौ वटा जिल्ला र प्रदेश २ का २ वटा जिल्ला गरी ११ वटा जिल्लाको ८ सय १९ वटा उजुरी परेका हुन् ।

चालु आर्थिक बर्षको साउन महिना देखि बितेको चैत महिना सम्मको नौ महिनाकको अबधिमा परेका उजुरी मध्यमा ४ सय ३८ वटा उजुरीको फच्यौटको काम सकिएको आयोगको हेटौंडा कार्यालयका शुचना अधिकारी देबकुमार राईले जानकारी दिनुभयो । अख्तियारको कार्यालयमा परेका ३ सय ८१ वटा उजुरीमाथी छानबिन चलिरहेको उहाँले बताउनुभयो । अख्तियारले नौ महिनाको अबधि सम्म पनि ५३ प्रतिशत मात्रै प्रगती गरेको छ ।

अख्तियारको कार्यालयमा सबै भन्दा बढी उजुरी बारा र पर्षा जिल्लामा रहेका छन् । यता भ्रष्टाचार गरेको भनेर मकवानपुर जिल्लाले पनि तराईका जिल्लालाई पच्छाउँदै गएको अख्तियारको रेकर्डले देखाउँछ । बारा जिल्लामा २ सय २८ वटा भ्रष्टाचारका उजुरी परेका छन् । यस मध्यमा ८९ वटा उजुरीहरुको फच्यौट भएको छ । अब एक सय ३९ वटा उजुरीको छानबिन चलिरहेको राईले बताउनुभयो ।

त्यसैगरी पर्षा जिल्लामा एक सय ९५ वटा उजुरी नौ महिनाको अबधिमा परेका छन् । ९१ वटा उजुरीको फच्यौट सकिएको छ भने अब एक सय ४ वटा उजुरीको फच्यौट हुन बाँकी रहेको छ । तराईका जिल्लापछी सबै पहाडी जिल्लालाई उछिन्दै अख्तियारको हेटौंडा कार्यालयको रेकर्डमा मकवानपुर भ्रष्टाचारमा निकै अगाढी आएको छ । प्रदेश २ का दुईवटा जिल्लापपछी मकवानपुरका बिभीन्न कार्यालयबाट भ्रष्टाचार गरेको आरोपमा एक सय ३२ वटा उजुरी परेका छन् । ती मध्यमाम ५९ वटा उजुरीको फच्यौट भईसकेको छ । अरु ७३ वटा उजुरीको छानबिन चलिरहेकोले बाँकी रहेको सूचना अधिकारी राईले बताउनुभयो ।

सबै भन्दा बढी भध्रष्टाचार मकवानपुरका स्थानीय तहमा हुने गरेको छ । स्थानीय तहमा कमृचारी देखि जनप्रतिनिधी सम्मले बढी भ्रष्टाचारमा संलग्न भएको पाईएको अख्तियारका कर्मचारीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*