कोपा सेमिफाइनलको पहिलो लिगमा सेभियासँग बार्सिलोना पराजित

कोपा डेल रे को सेमिफाइनल अन्तर्गत पहिलो लिगमा बार्सिलोना पराजित भएको छ । गएराती भएको खेलमा बार्सिलोनालाई सेभियाले २-० गोल अन्तरले पराजित गरेको हो । सेभियाको जितमा जुलेज कुण्डे र बार्सिलोनाकै पूर्व खेलाडी इभान राकिटिकले एक एक गोल गरेका थिए । कुण्डेले खेलको २५औ मिनेटमा गोल गरेका थिए भने राकिटिकले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।
योजितसँगै सेभियाले सेमिफाइनलको पहिलो लिगमा २-० को महत्वपूर्ण अग्रता लिएको छ । अब सेमिफाइनलको दोस्रो लिग आगामी मार्च ४ मा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल अन्तर्गतको खेलको पहिलो लिग आजराती एथलेटिक क्लब र लेभान्टेबीच हुदै छ ।