प्रधानमन्त्रीको योजनालाई साकार पार्दै कार्यकर्ता

जनपत्र
१ बैशाख २०७६, आईतवार १८:३७

रौतहट, चन्द्रपुर / प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई साकार पार्न उहाँकै पार्टीका नेता र कार्यकर्ताहरु लागिपरेका छन् । त्यही क्रममा प्रधानमन्त्री ओलीले पानी जहाज चालउने भन्दा सबैतिर जती आलोचना भयो उहाँका कार्यकर्ताहरु त्यसलाई साकारा पार्नका लागि त्यती धेरै लागिपरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको पहलमा मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँ सम्म भबिस्यमा आईपुग्नेगरी मोटरबोट संचालनमा ल्याइएको छ । मोटरबोटको भब्य उध्घाटन् कार्यक्रममा पुगेका नेकपाका नेता तथा कार्यकर्ताहरु आज यस कार्यक्रममा नीकैनै खुसी देखिए ।


स्थानीय समुदाय, निजी क्षेत्र, स्थानिय तह र सरकार मिलेर योकाम गर्नका लागि अभियाननै सुरु गरिएको सांसद दाहालले बताउनुभयो । कार्यक्रममा बिशेष अतिथीका रुपमा पुग्नु भएका नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले दुईवटा प्रदेशको संगम स्थल बागमतीमा सबैलाई पायक पर्नेगरी मोटरबोट संचालनमा ल्याइएको बताउनुभयो । पर्यटकहरु पनि रमाउने र स्थानीयहरुलाई पनि सहज हुने उहाँले बताउनुभयो ।
प्रदेश ३ का प्रदेस सभाका सदस्य प्रेमबहादुर पुलामीले बागमतीलाई सधै हराभरा र सफा बनाउने काम संगै यसलाई बिकसित गर्दै लैजानुपर्ने बताउनुभयो ।

काठमाण्डौको बागमती सम्झनु भन्दा पनि अब राईगाउँबाट बग्ने बागमतीलाई सम्झनेगरी काम गरिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरका बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले अब स्थानयि तहले पनि बजेट छुट्याएर जलमार्गलाई ब्यबस्थि तगर्न लाग्ने बताउनुभयो । कार्यक्रममा नेकपा मकवानपुरका नेता श्रीधर पोख्रेल, मकवानपुर भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेकपा मकवानपुरका नेता नबिन सिग्देल लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*