मुलुकलाई स्थिरतातर्फ लैजान ताजा जनादेश : अर्थमन्त्री पौडेल

जनपत्र
२५ माघ २०७७, आईतवार ०७:१३

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि चालिएको कदम भएको बताएका छन । पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम भएको बताएका हुन ।

उनले जनता पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको दाबी गरे । उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताए । मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । अर्थमन्त्री पौडेलले प्रदर्शनरत पक्षहरु निर्वाचनमा जान डराएको बताए । उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे ।

कार्यक्रममा महासंघले २७५ सदस्यीय सातौँ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन । नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*