नारायणहिटीअगाडि बोल्दाबोल्दै किन ‘रोए’ प्रधानमन्त्री ओली?

जनपत्र
२५ माघ २०७७, आईतवार ०५:५८

नारायणहिटी संग्रहालयअगाडि ९माघ २३० आफ्नो समूहले आयोजना गरेको जनसभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दागर्दै रुमाल झिकेर आँशु पुछे।

सुरक्षाकर्मीले दिएको पानी पिएपछि प्रधानमन्त्री ओलीले चस्मा उतारेर आँखा पुछ्दै भनेका थिए, ‘चिसोले गर्दा आँखाबाट आँशु नै आउन थाल्यो।’ तर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसलाई अर्कै रूपमा अर्थ्याएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो।’
suryro

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*