सन्दीपसहित नेपालका ८ खेलाडी आईपीएलको अक्सनमा, को-को छन् ?
भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० टी(ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।
अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् । यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ । सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । अक्सन नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।







